chandani shah

0

गीतकार चाँदनी शाहका केही गिती सम्झनाहरु


) आमा भएर बोकी हेर सन्तानका पिरहरु,
आमा भएर बाँडि हेर सन्तानका खुशीहरु


) आँशु सुस्केराका बाचाहरु त्यहा हुन्नन,
हासो खुशीका कशमहरु त्यहा हुन्नन


) हिमश्रिखलामा लालीले छोयो, सुर्य उदायो पुर्वमा,
चिसो सतहमा गर्मीले छोयो हुस्सु उठाइ दहमा


) कहिले यो माया बिर्सेंनी भुलेर दिनमा,
घुमी यही आउछौ फर्केर बासमा


) मनको निश्चलतामा अडेर आँखा यि चिम्लिएर खोज्दछु,
भावको निस्तब्दतामा डुबेर त्यहा गई तिमीलाई भेत्दछु


) शुभकामना भरी हरेक श्वासमा तिम्रो दिर्घायुको कामना गर्न सकुँ ,
शुभकामना भरी हरेक पलमा तिम्रो जीवनमा सुबास छर्न सकुँ


) तिमीले जती नै माया दिए पनि मेरो माया मुटुको तिर्खा मेटिने छैन यो जुनी भरीमा
तिमीलाई जती यो मुटु बाट झिकेर माया यो मेरो रित्तिने छैन सयौ सयौ जुनिमा


) तिम्रा पाउहरुमा सधैं झुकी रहन्छु, तिमी उठाइ रहु माया आशिष थपि,
तिमी भरी रहु सिउदो नुही रहन्छु नटुटोस यो सिलसिला कहिले पनि


) उकाली ओरालीहरुमा, भन्ज्याङग अनी चौतारीहरुमा,
सुन्दर ति दहहरुमा, हिमालका बिशाल छातीहरुमा ,
जहाँ जहाँ जान्छौ तिमी , पाइला बनी पछ्याई रहन्छु,

ति छहरा खोला खहरेहरुमा सम्झना बनी बगी
रहन्छु

No Response to "chandani shah"