NEPALI JOKE SMS

0
किराहरु र जनावरहरुको फूटबल म्याच

एकचोटि किराहरु र
जनावरहरुको फूटबल म्याच भएछ । हाफ ट्याम हुँदासम्म जनावरहरुले ६ गोल गरेछन्, तर किराहरुले भने गोलै गर्न सकेनछन् । दोश्रो हाफमा किराहरुको कोचले सय खुट्टे अरिमुठे (MILLIPEDE) ल्याएछ । अरिमुठेले दनादन १२ गोल ठोकेछ, किराहरुले १२-६ मा खेल जितेछन् । खेल सकिएपछि पत्रकारहरुले किराको कोचलाई सोधे; "कोचज्यू, यस्तो राम्रो खेल्ने अरिमुठेलाई पहिल्यैबाट किन नखेलाएको?" "पहिल्यैबाट खेलाउने मन त मलाईपनि थियो भाई, तर के गर्ने, बिचरालाई सय वटा खुट्टामा बुट कस्नै हाफ टाइमसम्म लाग्यो ।"
 ..................................................................................
मुन्द्रेलाई एक रात लामखुट्टेले टोकेर हैरान गरेछ

मुन्द्रेले उपाय निकाले छ र एक बोतल बिष पिएछ र भन्न थालेछ : ल अब टोक त तिमिहरु मर्छै.
 ..........................................................................................
एक दिन मुन्द्रे र एक जना मान्छे बिसौ तल्लामा बसेर कुरा गर्दै थियो।
अकस्मात कसैले मुन्द्रेलाई “मुन्द्रे स्यामेको छोराको मुत्यु भएछनी।

िबयोग सहन नसिक मुन्द्रे २० तल्लाबाट हाम फाल्यो।उ तल झर्न लाग्यो।

जब उ ८ औ तल्लामा पुग्यो उसले सम्झयो उसको त छोरा नै छैन ।

जब ऊ ५ औ तल्लामा पुग्यो उसले सम्झयो िक उसको त ि बहे नै भा छैन

जब ऊ २ औ तल्लामा पुग्यो उसले आफु मुन्द्रे भएको सम्झयो ॥


........................................................................................

मुन्द्रेलाई समुन्द्रमा टाइटानिक डोब्दै गरेको बेलामा एक मानिसले सोध्यो:- दाई, कति पर जमिन भेटिन्छ?

मुन्द्रे:- २ कि. मि. पर

त्यो मानिस समुन्द्रमा हाम फाल्यो र बोल्यो:- कुन दिशा तिर?

मुन्द्रे:- मुनितिर
..........................................................................................................
मुन्द्रे , रातामकै र भोकलाग्यो एउटा बाइकमा जादै थिए। बाटोमा तिनीहरुलाई ट्राफिक पुलिसले रोक्न खोज्यो। त्यतिखेरै मुन्द्रेले भन्यो:- सरी दाइ, पहिलेनै हामी ३ जाना छौ, बिल्कुल तपाईको लागी ठाँउ छैन।





................................................................................................
मुन्द्रेलाई एक रात लामखुट्टेले टोकेर हैरान गरेछ

मुन्द्रेले उपाय निकाले छ र एक बोतल बिष पिएछ र भन्न थालेछ : ल अब टोक त तिमिहरु मर्छै..
...................................................................................
कुनै दम्पति उनीहरुको विवाहको ५० औ वार्षिकोत्सव मनाउदै थिए, त्यसैक्रममा स्वास्नीले उनिहरुले पालिरहेको खसीलाई देखाउदै भनी:-यसपाली हामी यही खसीलाई काटेर हाम्रो ५० औ वार्षिकोत्सव मनाउनु पर्छ।
लोग्ने:-प्रिये मैले ५० वर्ष अघि गरेको गल्तीको सजाय किन यस खसीलाई दिन चाहान्छौ?
.................................................................................................
कुनै एउटा अफीसमा भर्खरै नयाँ कर्मचारी भर्ना भएछ र पहिलो दिन अफिस गएछ। दिनभरी काम गरेपछी चियाको लागी छुट्टी भएछ। त्यो नयाँ कर्मचारीले फोन गरेर खाजा अडर गर्दै भनेछ:- ए भाई यहाँ ४ कप चिया र ८ वटा समेसा छिट्टो लिएर आइज।
तर फोन गल्तिले गर्दा त्यही अफिसको एक्सटेनसानमा पुगेछ।
उताबाट:- ओई त को सगँ कुरा गर्दैछस् तलाई थाहा छ?
नयाँ कर्मचारी:- थाहा छैन
उताबाट:- म यो अफिसको M.D. हुँ?
नयाँ कर्मचारी:- तलाई थाहा छ, को सगँ कुरा गर्दैछस्?
उताबाट:- थाहा छैन
नयाँ कर्मचारी:-त्यसो भने ठिकै छ। (त्यती भनेर नयाँ कर्मचारीले फोन राखेछ।)
  ....................................................................................................
कुनै एउटा गाउँमा एउटा किसानले खरवुजाको खेति लगाएको रहेछ। तर जहिले पनि खरवुजा खानेबेला भएपछी केटाकेटीले चोरेर हैरान पारेका रहेछन्। एक पटक किसानले जुक्ती निकालेछ र एउटा सुचना पाटीमा �यहाको कुनै एउटा खरवुजामा साइनाइट छ� भनेर लेखेर झुन्डीयाएछ र घर फर्केछ।
७ दिन पछी आफ्नो खेतमा आएछ र सुचना पाटीमा हेरेछ, त्यहाँ लेखीएको थियो �यहाको कुनै दुईटा खरवुजामा साइनाइट छ�।
........................................................................................................
एउटा प्रेमीलाई प्रेमीकाले फोन गरेर भनि:- मेरो घरमा कोही पनि छैन तिमि आऊ।
प्रेमी खुसी हुदैँ प्रेमीकाको घर पुग्यो।
तर साचिक्कै घरमा कोही पनि थिएन।
..................................................................................
एक दिन लोग्ने स्वास्नीको को राम्रो भनेर झगडा परेछ। अब छुट्टयाउनको लागी उनिहरुले आफ्नो छोरालाई सोधेछन:-भन त बाबु हामी दुईजनामा को राम्रो?
छोरा (ज�ङगिदै):- तपाईहरु दुईजना राम्रो भएको भए म यस्तो हुन्थे...?
......................................................................................................
दुईजना केटाहरु ड्रग्सको लतमा धेरै फसेका थिए।उनिहरुलाई ड्रग्स छुटाउने केन्द्रमा लगेर राखनु पर्यो। केही समय पछि तिनिहरु दुबै ठिक भए। त्यसपछि तिनिहरु पनि ड्रग्स छुटाउने काममा नियुत्त भए। दुबैजना आ-आफ्नो कार्य क्षेत्रमा गए। र केहि समय पछि दुबैले धेरै मान्छेहरुलाई ड्रग्सबाट छुटाएको दाबी गरे। त्यसपछि एकले पहिलोलाई सोध्यो:- तिमीले कसरी त्यत्रो मान्छेलाई ड्रग्सबाट छुटायौ? पहिलो:- मैले मान्छेहरुलाई दुईटा गोलो घेरा, एउटा सानो, एउटा ठुलो बनाएर देखाए अनि भने कि यो दुबै हाम्रो दिमाग हो, यो ठुलो घेरा ड्रग्स खानु भन्दा पहिलेको दिमाग हो र यो सानो घेरा भने ड्रग्स लिन थालेपछिको हो, यसरी हाम्रो दिमाग सानो हुन्छ भने त्यसपछि त धेरै मान्छे ड्रग्स छोड्न तयार भए। अर्को मान्छे(दोस्रोलाई):- अनि तिमीले कसरी त्यती धेरै मान्छेलाई ड्रग्स छुटायौ? दोस्रो:- मैले पनि मान्छेहरुलाई दुईटा गोलो घेरा, एउटा सानो, एउटा ठुलो बनाएर देखाए अनि भने कि यो दुबै हाम्रो एस होल हो, यो सानो घेरा ड्रग्स खानु भन्दा पहिलेको एस होल हो र यो ठुलो घेरा भने ड्रग्स लिन थालेपछिको हो, यसरी हाम्रो एस होल ठुलो हुन्छ भने त्यसपछि त धेरै मान्छे ड्रग्स छोड्न तयार भए।
..............................................................................................................................................
 


No Response to "NEPALI JOKE SMS"