NEPALI JOKE SMS

0
एकपटक प्रमुख दलका नेताहरु एउटी बसमा चढेर कतै जाँदै रहेछन, अचानक बस बाटोबाट गुल्टिएर, रुखमा ठोक्किएर सडक भन्दा धेरै मुनि एउटा किसानको खेतमा पुगेर पछारिएछ |
एउटा बृद्ध किसान जो खेत नजिकै बसिरहेको थियो, गएर हेरेछ, सबैलाइ बाहिर निकालेछ, त्यसपछि एउटा ठुलो खाल्डो खनेर सबै नेताहरुलाई त्यहीं गाडीदिएछ |
भोलिपल्ट दुर्घटनास्थलमा प्रहरी आएर निरीक्षण गर्न थालेछन | बृद्धले सबै नेताहरुलाइ खाल्डो खनेर गाडीदिएको कुरा भनेछ |

प्रहरीले बृद्धलाइ सोधेछ, ‘के सबै नेताको मृत्यु भैसकेको थियो र गाडीदिनुभएको ?’
बृद्धले भनेछ, ‘होइन… कोहि कोहि त जिऊँदै छु भनेर कराऊँदै थिए, तर यस्ता नेता भनाऊँदाको के भर पर्नु, कहिले पो साँचो बोल्छन र?’

एउटा मुर्खलाइ एकाबिहानै आफ्नो घरको ढोकामा उभिएको देखेर छिमेकीले सोध्यो, ‘के हेर्दै बसेका छौ ढोकाबाट ?’
मुर्खले जवाफ दियो, ‘ रात भरि बिजुली आएन, अनि कति बेला बिजुली आउला र बत्ति निभाएर सुतम्ला भनेर कुरेर बसेको |’

—————————————————–
सानो छोराले बाबुसंग सोधेछ, ‘बुबा, वकिलहरु कहिल्यै साँचो बोल्छन?’
बाबुले एकछिन सोचेर भनेछ, ‘कहिले काहीं बोल्छन छोरा, मुद्धा जित्नको लागि….

—————————————
एउटा मान्छे होटलमा दुखि भएर रक्सी पिऊँदै बसीरहेको थियो, त्यत्तिकैमा उसको साथीले देखेर बोलायो |
साथी, ‘तिमी धेरै उदाश देखिन्छौ, के भयो त्यस्तो?’
‘पछिल्लो महिना मेरी सासु मरिन’ सो रक्स्याहाले भन्यो, ‘र मलाई १ लाख रुपैयाँ छाडेर गईन’
‘साह्रै नराम्रो भएछ’ साथीले सान्त्वना दियो
‘अर्को महिना मेरो ससुरा मरे’ रक्स्याहाले फेरी भन्यो, ‘र मलाई २ लाख रुपैयाँ छाडेर गए’
‘दुइजना आफन्त गुमाउंदा तिमी उदाश हुनु स्वाभाविक नै हो’ साथीले ढाडस दिँदै भन्यो |
‘गएको महिना मेरो मामा मर्नु भयो’ उसले रुँदै भन्यो, ‘र मलाई ५ लाख रुपैयाँ छाडेर जानु भयो ‘
‘तीनजना आफन्त गुमाउनु भयो तीन महिनामा? यो भन्दा नराम्रो त के हुन सक्छ?’ साथी मन खिन्न बनाउदै भन्यो
‘यो महिना त …..’ रक्स्याहा झन् डाँको छोड्दै भन्यो, ‘….. कोहि पनि मरेनन |’

———————–
एकपटक ठुलो संख्यामा नेपालका न्यायाधिस, प्रहरी, र नेताहरु छुट्टा छुट्टै दुर्घटनामा मृत्यु भएर माथि यमराजकोमा पुगेछन | यमराज एकैपटक त्यत्रा मान्छे आएको देखेर एकछिन त अलमल परेछन र भनेछन, ‘तपाइँहरु यहाँ आउनु परेकोमा म प्रति आक्रोशित हुनुहुन्छ होला, तर अन्यथा नलिनु होला यो केवल संयोग मात्र हो | तर समय नपुगी आउनु भएकाले म तत्कालै तपाईंहरुलाइ स्वर्ग पठाउन पनि सक्दिन तर पृथ्वीमा फिर्ता पनि पठाउन सक्दिन…

.............................................................................................
दशवटा चकटिमा दशवटा योगिहरु योगासनमा बसिरहेका थिए। त्यतिकैमा एउटा बिरक्तीएको मानिस आएर सबैभन्दा सिनियर जस्तो देखिने साधुसँग भन्यो, ‘माहात्मा !! मलाई कुनै केटीले पनि वास्ता गर्दैनन, सबै प्रयासहरु बिफल भए, अब म के गरौ?
साधु:-(अर्को साधुसँग) स्वामिज्यु, ल यो नयाँ साथीलाई पनि एउटा चकटिको ब्यवस्था गरिदिनु पर्यो |

..................................................................................................................

श्रीकृष्ण र दिलिप यती एयरको जहाजबाट पोखरा जाँदै थिए । गोरखाको डाडाँमाथी पुगेपछि जहाज जोड जोडले हल्लिन थाल्यो ।
दिलिपः     के हो यार , जहाज त नराम्रोसँग हल्लिन थाल्यो नि त, खस्छ कि
क्या हो ?
श्रीकृष्णः आ….खसे पनि खसोस् है, हामीलाई ठगेर कमाएको पैसा छँदैछ,
अर्को किन्छ नि ।

……………………………………………………………………………………
काली मिस कक्षामा नेपाली बिषय अन्र्तगत ब्याकरण पढाइरहेकी थिइन् ।
कालीमिस:  म राम्री छु, यो कुन काल हो ?
दिपकः       यो भुतकाल हो मिस ।
कालीमिस: के रे ? भुतकाल हैन, यो बर्तमानकाल हो ।
दिपकः       नीताले भनेको भए वर्तमानकाल हुन्थ्यो, मिसले म राम्री छु
भन्दा त भुतकाल नै भयो नि मिस ।

………………………………………………………………………………………
पिंकीः ए रिंकी, अनि तेरो एस एल सि परिक्षा कस्तो
भयो त ?
रिंकीः ओ हो पिंकी, हेर न, मेरो त रिजल्टमा एकबोरा
आलु आउला जस्तो छ ।
पिंकीः किन गोबरको थाप्रो जस्तो अनृहार लगाउँछेस् त,
एसएलसि पास नगरे पनि सिनेमा हिरोइन त
पक्का हुन्छेस ।
रिंकीः त्यसो भए म पनि आजैदेखी डाइरेक्टरहरुको फोन
नंबर खोज्नतिर लाग्छृ ।
एसएलसिमा गोलखाडी जानु भएको छ भने तपाईँ पनि हाम्रो कलिउड छाला प्रर्दशन केन्द्रमा आउनोस्,डाइरेक्टर साबलाई भेट्नोस् र भर्ना भइहाल्नोस् ।  स्किन टेष्टमा पास हृनेहरुलाई एकैरातमा हिरोइन बनाइदिन्छौँ ।

………………………………………………………………………………………….
सपन डाक्टरकोमा पुग्छ ।
डाक्टरः अँ, के भएको रे तपाइँको श्रीमतीलाई ?
सपनः   मेरी श्रीमतीको स्मरण शक्तिको कारणले मलाई एकदमै टेन्सन
भयो, डाक्टर ।
डाक्टरः के उहाँको बिर्सने बानी छ ?
सपनः   हैन डाक्टर सा�ब । सबैथोक सम्झने बानी छ ।

………………………………………………………………………..
अध्यक्ष आवश्यक्ता
-सूर्यराज गिरी
दश जनाको जमात भयो कि संगठन खोल्ने
जातभातको मात्र कुरा गर्ने नेपाली भई कहिले नबोल्ने
डालो फालेर टोकरी भर्ने
कोही छ हाम्रो नयाँ संस्थामा अध्यक्ष भई काम गर्ने ?
नेपालको प्राकृतिक हराभरालाई लुकाउन सक्ने
रोग शोक र भोकमरी मात्र बिदेशीलाई देखाउन सक्ने
दुःखै दुःख छ नेपालमा भनेर यूरो झार्ने
कसैको आँट छ हाम्रो संस्थामा काम गर्ने ?
बिदेशमा बसेर नेपालीकै खुट्टामा बन्चरो हान्ने
अरु सबै अशिक्षित आफूलाई मात्र बिद्धान ठान्ने
एउटाको कुरा लगेर अरुको कान भर्ने
कोही छ हाम्रो संस्थालाई दिशानिर्देश गर्ने ?
झूठको खेती गरेर उठाएको रकम सबै कुम्ल्याउने
सुखीको पछि लाग्ने दुःखी देख्ने बित्तिकै निधार खुम्च्याउने
कसैले सहयोगको हात मागे परपर सर्ने
कसैलाई रहर छ हाम्रो नयाँ संस्थामा काम गर्ने ?

………………………………………………………………………………………..
भुत्राको परिबर्तन ?!
अरुण पराजुली
बराक ओबामालई एउटा चिठ्ठी लेख्न मन छ
तिम्रो परिवर्तनले केही लछार पाटो लाउने छैन
बराक ओबामालाई एउटा प्रश्न सोध्न मन छ
तिमी बराक हुसेन हौ कि सद्दाम हुसैन
बुशको सेतो गध्दि नै रोज्यौ किन?
तिमीलाई श-शरीर भेटेर नै....




No Response to "NEPALI JOKE SMS"