chandani shah

0

गीतकार चाँदनी शाहका केही गिती सम्झनाहरु


१) आमा भएर बोकी हेर सन्तानका पिरहरु,
आमा भएर बाँडि हेर सन्तानका खुशीहरु


२) आँशु र सुस्केराका बाचाहरु त्यहा हुन्नन,
हासो र खुशीका कशमहरु त्यहा हुन्नन


३) हिमश्रिखलामा लालीले छोयो, सुर्य उदायो पुर्वमा,
चिसो सतहमा गर्मीले छोयो हुस्सु उठाइ दहमा


४) कहिले यो माया बिर्सेंनी भुलेर दिनमा,
घुमी त यही आउछौ फर्केर बासमा


५) मनको निश्चलतामा अडेर आँखा यि चिम्लिएर म खोज्दछु,
भावको निस्तब्दतामा डुबेर त्यहा गई तिमीलाई म भेत्दछु


६) शुभकामना भरी हरेक श्वासमा तिम्रो दिर्घायुको कामना गर्न सकुँ म,
शुभकामना भरी हरेक पलमा तिम्रो जीवनमा सुबास छर्न सकुँ म


७) तिमीले जती नै माया दिए पनि मेरो माया मुटुको तिर्खा मेटिने छैन यो जुनी भरीमा
तिमीलाई जती यो मुटु बाट झिकेर माया यो मेरो रित्तिने छैन सयौ सयौ जुनिमा


८) तिम्रा पाउहरुमा म सधैं झुकी रहन्छु, तिमी उठाइ रहु माया र आशिष थपि,
तिमी भरी रहु सिउदो म नुही रहन्छु नटुटोस यो सिलसिला कहिले पनि


९) उकाली ओरालीहरुमा, भन्ज्याङग अनी चौतारीहरुमा,
सुन्दर ति दहहरुमा, हिमालका बिशाल छातीहरुमा ,
जहाँ जहाँ जान्छौ तिमी , म पाइला बनी पछ्याई रहन्छु,

ति छहरा खोला खहरेहरुमा सम्झना बनी बगी
रहन्छु

No Response to "chandani shah"