NEPALI JOKE SMS

0
एकपटक प्रमुख दलका नेताहरु एउटी बसमा चढेर कतै जाँदै रहेछन, अचानक बस बाटोबाट गुल्टिएर, रुखमा ठोक्किएर सडक भन्दा धेरै मुनि एउटा किसानको खेतमा पुगेर पछारिएछ |
एउटा बृद्ध किसान जो खेत नजिकै बसिरहेको थियो, गएर हेरेछ, सबैलाइ बाहिर निकालेछ, त्यसपछि एउटा ठुलो खाल्डो खनेर सबै नेताहरुलाई त्यहीं गाडीदिएछ |
भोलिपल्ट दुर्घटनास्थलमा प्रहरी आएर निरीक्षण गर्न थालेछन | बृद्धले सबै नेताहरुलाइ खाल्डो खनेर गाडीदिएको कुरा भनेछ |

प्रहरीले बृद्धलाइ सोधेछ, ‘के सबै नेताको मृत्यु भैसकेको थियो र गाडीदिनुभएको ?’
बृद्धले भनेछ, ‘होइन… कोहि कोहि त जिऊँदै छु भनेर कराऊँदै थिए, तर यस्ता नेता भनाऊँदाको के भर पर्नु, कहिले पो साँचो बोल्छन र?’

एउटा मुर्खलाइ एकाबिहानै आफ्नो घरको ढोकामा उभिएको देखेर छिमेकीले सोध्यो, ‘के हेर्दै बसेका छौ ढोकाबाट ?’
मुर्खले जवाफ दियो, ‘ रात भरि बिजुली आएन, अनि कति बेला बिजुली आउला र बत्ति निभाएर सुतम्ला भनेर कुरेर बसेको |’

—————————————————–
सानो छोराले बाबुसंग सोधेछ, ‘बुबा, वकिलहरु कहिल्यै साँचो बोल्छन?’
बाबुले एकछिन सोचेर भनेछ, ‘कहिले काहीं बोल्छन छोरा, मुद्धा जित्नको लागि….

—————————————
एउटा मान्छे होटलमा दुखि भएर रक्सी पिऊँदै बसीरहेको थियो, त्यत्तिकैमा उसको साथीले देखेर बोलायो |
साथी, ‘तिमी धेरै उदाश देखिन्छौ, के भयो त्यस्तो?’
‘पछिल्लो महिना मेरी सासु मरिन’ सो रक्स्याहाले भन्यो, ‘र मलाई १ लाख रुपैयाँ छाडेर गईन’
‘साह्रै नराम्रो भएछ’ साथीले सान्त्वना दियो
‘अर्को महिना मेरो ससुरा मरे’ रक्स्याहाले फेरी भन्यो, ‘र मलाई २ लाख रुपैयाँ छाडेर गए’
‘दुइजना आफन्त गुमाउंदा तिमी उदाश हुनु स्वाभाविक नै हो’ साथीले ढाडस दिँदै भन्यो |
‘गएको महिना मेरो मामा मर्नु भयो’ उसले रुँदै भन्यो, ‘र मलाई ५ लाख रुपैयाँ छाडेर जानु भयो ‘
‘तीनजना आफन्त गुमाउनु भयो तीन महिनामा? यो भन्दा नराम्रो त के हुन सक्छ?’ साथी मन खिन्न बनाउदै भन्यो
‘यो महिना त …..’ रक्स्याहा झन् डाँको छोड्दै भन्यो, ‘….. कोहि पनि मरेनन |’

———————–
एकपटक ठुलो संख्यामा नेपालका न्यायाधिस, प्रहरी, र नेताहरु छुट्टा छुट्टै दुर्घटनामा मृत्यु भएर माथि यमराजकोमा पुगेछन | यमराज एकैपटक त्यत्रा मान्छे आएको देखेर एकछिन त अलमल परेछन र भनेछन, ‘तपाइँहरु यहाँ आउनु परेकोमा म प्रति आक्रोशित हुनुहुन्छ होला, तर अन्यथा नलिनु होला यो केवल संयोग मात्र हो | तर समय नपुगी आउनु भएकाले म तत्कालै तपाईंहरुलाइ स्वर्ग पठाउन पनि सक्दिन तर पृथ्वीमा फिर्ता पनि पठाउन सक्दिन…

.............................................................................................
दशवटा चकटिमा दशवटा योगिहरु योगासनमा बसिरहेका थिए। त्यतिकैमा एउटा बिरक्तीएको मानिस आएर सबैभन्दा सिनियर जस्तो देखिने साधुसँग भन्यो, ‘माहात्मा !! मलाई कुनै केटीले पनि वास्ता गर्दैनन, सबै प्रयासहरु बिफल भए, अब म के गरौ?
साधु:-(अर्को साधुसँग) स्वामिज्यु, ल यो नयाँ साथीलाई पनि एउटा चकटिको ब्यवस्था गरिदिनु पर्यो |

..................................................................................................................

श्रीकृष्ण र दिलिप यती एयरको जहाजबाट पोखरा जाँदै थिए । गोरखाको डाडाँमाथी पुगेपछि जहाज जोड जोडले हल्लिन थाल्यो ।
दिलिपः     के हो यार , जहाज त नराम्रोसँग हल्लिन थाल्यो नि त, खस्छ कि
क्या हो ?
श्रीकृष्णः आ….खसे पनि खसोस् है, हामीलाई ठगेर कमाएको पैसा छँदैछ,
अर्को किन्छ नि ।

……………………………………………………………………………………
काली मिस कक्षामा नेपाली बिषय अन्र्तगत ब्याकरण पढाइरहेकी थिइन् ।
कालीमिस:  म राम्री छु, यो कुन काल हो ?
दिपकः       यो भुतकाल हो मिस ।
कालीमिस: के रे ? भुतकाल हैन, यो बर्तमानकाल हो ।
दिपकः       नीताले भनेको भए वर्तमानकाल हुन्थ्यो, मिसले म राम्री छु
भन्दा त भुतकाल नै भयो नि मिस ।

………………………………………………………………………………………
पिंकीः ए रिंकी, अनि तेरो एस एल सि परिक्षा कस्तो
भयो त ?
रिंकीः ओ हो पिंकी, हेर न, मेरो त रिजल्टमा एकबोरा
आलु आउला जस्तो छ ।
पिंकीः किन गोबरको थाप्रो जस्तो अनृहार लगाउँछेस् त,
एसएलसि पास नगरे पनि सिनेमा हिरोइन त
पक्का हुन्छेस ।
रिंकीः त्यसो भए म पनि आजैदेखी डाइरेक्टरहरुको फोन
नंबर खोज्नतिर लाग्छृ ।
एसएलसिमा गोलखाडी जानु भएको छ भने तपाईँ पनि हाम्रो कलिउड छाला प्रर्दशन केन्द्रमा आउनोस्,डाइरेक्टर साबलाई भेट्नोस् र भर्ना भइहाल्नोस् ।  स्किन टेष्टमा पास हृनेहरुलाई एकैरातमा हिरोइन बनाइदिन्छौँ ।

………………………………………………………………………………………….
सपन डाक्टरकोमा पुग्छ ।
डाक्टरः अँ, के भएको रे तपाइँको श्रीमतीलाई ?
सपनः   मेरी श्रीमतीको स्मरण शक्तिको कारणले मलाई एकदमै टेन्सन
भयो, डाक्टर ।
डाक्टरः के उहाँको बिर्सने बानी छ ?
सपनः   हैन डाक्टर सा�ब । सबैथोक सम्झने बानी छ ।

………………………………………………………………………..
अध्यक्ष आवश्यक्ता
-सूर्यराज गिरी
दश जनाको जमात भयो कि संगठन खोल्ने
जातभातको मात्र कुरा गर्ने नेपाली भई कहिले नबोल्ने
डालो फालेर टोकरी भर्ने
कोही छ हाम्रो नयाँ संस्थामा अध्यक्ष भई काम गर्ने ?
नेपालको प्राकृतिक हराभरालाई लुकाउन सक्ने
रोग शोक र भोकमरी मात्र बिदेशीलाई देखाउन सक्ने
दुःखै दुःख छ नेपालमा भनेर यूरो झार्ने
कसैको आँट छ हाम्रो संस्थामा काम गर्ने ?
बिदेशमा बसेर नेपालीकै खुट्टामा बन्चरो हान्ने
अरु सबै अशिक्षित आफूलाई मात्र बिद्धान ठान्ने
एउटाको कुरा लगेर अरुको कान भर्ने
कोही छ हाम्रो संस्थालाई दिशानिर्देश गर्ने ?
झूठको खेती गरेर उठाएको रकम सबै कुम्ल्याउने
सुखीको पछि लाग्ने दुःखी देख्ने बित्तिकै निधार खुम्च्याउने
कसैले सहयोगको हात मागे परपर सर्ने
कसैलाई रहर छ हाम्रो नयाँ संस्थामा काम गर्ने ?

………………………………………………………………………………………..
भुत्राको परिबर्तन ?!
अरुण पराजुली
बराक ओबामालई एउटा चिठ्ठी लेख्न मन छ
तिम्रो परिवर्तनले केही लछार पाटो लाउने छैन
बराक ओबामालाई एउटा प्रश्न सोध्न मन छ
तिमी बराक हुसेन हौ कि सद्दाम हुसैन
बुशको सेतो गध्दि नै रोज्यौ किन?
तिमीलाई श-शरीर भेटेर नै....




NEPALI JOKE SMS

0
किराहरु र जनावरहरुको फूटबल म्याच

एकचोटि किराहरु र
जनावरहरुको फूटबल म्याच भएछ । हाफ ट्याम हुँदासम्म जनावरहरुले ६ गोल गरेछन्, तर किराहरुले भने गोलै गर्न सकेनछन् । दोश्रो हाफमा किराहरुको कोचले सय खुट्टे अरिमुठे (MILLIPEDE) ल्याएछ । अरिमुठेले दनादन १२ गोल ठोकेछ, किराहरुले १२-६ मा खेल जितेछन् । खेल सकिएपछि पत्रकारहरुले किराको कोचलाई सोधे; "कोचज्यू, यस्तो राम्रो खेल्ने अरिमुठेलाई पहिल्यैबाट किन नखेलाएको?" "पहिल्यैबाट खेलाउने मन त मलाईपनि थियो भाई, तर के गर्ने, बिचरालाई सय वटा खुट्टामा बुट कस्नै हाफ टाइमसम्म लाग्यो ।"
 ..................................................................................
मुन्द्रेलाई एक रात लामखुट्टेले टोकेर हैरान गरेछ

मुन्द्रेले उपाय निकाले छ र एक बोतल बिष पिएछ र भन्न थालेछ : ल अब टोक त तिमिहरु मर्छै.
 ..........................................................................................
एक दिन मुन्द्रे र एक जना मान्छे बिसौ तल्लामा बसेर कुरा गर्दै थियो।
अकस्मात कसैले मुन्द्रेलाई “मुन्द्रे स्यामेको छोराको मुत्यु भएछनी।

िबयोग सहन नसिक मुन्द्रे २० तल्लाबाट हाम फाल्यो।उ तल झर्न लाग्यो।

जब उ ८ औ तल्लामा पुग्यो उसले सम्झयो उसको त छोरा नै छैन ।

जब ऊ ५ औ तल्लामा पुग्यो उसले सम्झयो िक उसको त ि बहे नै भा छैन

जब ऊ २ औ तल्लामा पुग्यो उसले आफु मुन्द्रे भएको सम्झयो ॥


........................................................................................

मुन्द्रेलाई समुन्द्रमा टाइटानिक डोब्दै गरेको बेलामा एक मानिसले सोध्यो:- दाई, कति पर जमिन भेटिन्छ?

मुन्द्रे:- २ कि. मि. पर

त्यो मानिस समुन्द्रमा हाम फाल्यो र बोल्यो:- कुन दिशा तिर?

मुन्द्रे:- मुनितिर
..........................................................................................................
मुन्द्रे , रातामकै र भोकलाग्यो एउटा बाइकमा जादै थिए। बाटोमा तिनीहरुलाई ट्राफिक पुलिसले रोक्न खोज्यो। त्यतिखेरै मुन्द्रेले भन्यो:- सरी दाइ, पहिलेनै हामी ३ जाना छौ, बिल्कुल तपाईको लागी ठाँउ छैन।





................................................................................................
मुन्द्रेलाई एक रात लामखुट्टेले टोकेर हैरान गरेछ

मुन्द्रेले उपाय निकाले छ र एक बोतल बिष पिएछ र भन्न थालेछ : ल अब टोक त तिमिहरु मर्छै..
...................................................................................
कुनै दम्पति उनीहरुको विवाहको ५० औ वार्षिकोत्सव मनाउदै थिए, त्यसैक्रममा स्वास्नीले उनिहरुले पालिरहेको खसीलाई देखाउदै भनी:-यसपाली हामी यही खसीलाई काटेर हाम्रो ५० औ वार्षिकोत्सव मनाउनु पर्छ।
लोग्ने:-प्रिये मैले ५० वर्ष अघि गरेको गल्तीको सजाय किन यस खसीलाई दिन चाहान्छौ?
.................................................................................................
कुनै एउटा अफीसमा भर्खरै नयाँ कर्मचारी भर्ना भएछ र पहिलो दिन अफिस गएछ। दिनभरी काम गरेपछी चियाको लागी छुट्टी भएछ। त्यो नयाँ कर्मचारीले फोन गरेर खाजा अडर गर्दै भनेछ:- ए भाई यहाँ ४ कप चिया र ८ वटा समेसा छिट्टो लिएर आइज।
तर फोन गल्तिले गर्दा त्यही अफिसको एक्सटेनसानमा पुगेछ।
उताबाट:- ओई त को सगँ कुरा गर्दैछस् तलाई थाहा छ?
नयाँ कर्मचारी:- थाहा छैन
उताबाट:- म यो अफिसको M.D. हुँ?
नयाँ कर्मचारी:- तलाई थाहा छ, को सगँ कुरा गर्दैछस्?
उताबाट:- थाहा छैन
नयाँ कर्मचारी:-त्यसो भने ठिकै छ। (त्यती भनेर नयाँ कर्मचारीले फोन राखेछ।)
  ....................................................................................................
कुनै एउटा गाउँमा एउटा किसानले खरवुजाको खेति लगाएको रहेछ। तर जहिले पनि खरवुजा खानेबेला भएपछी केटाकेटीले चोरेर हैरान पारेका रहेछन्। एक पटक किसानले जुक्ती निकालेछ र एउटा सुचना पाटीमा �यहाको कुनै एउटा खरवुजामा साइनाइट छ� भनेर लेखेर झुन्डीयाएछ र घर फर्केछ।
७ दिन पछी आफ्नो खेतमा आएछ र सुचना पाटीमा हेरेछ, त्यहाँ लेखीएको थियो �यहाको कुनै दुईटा खरवुजामा साइनाइट छ�।
........................................................................................................
एउटा प्रेमीलाई प्रेमीकाले फोन गरेर भनि:- मेरो घरमा कोही पनि छैन तिमि आऊ।
प्रेमी खुसी हुदैँ प्रेमीकाको घर पुग्यो।
तर साचिक्कै घरमा कोही पनि थिएन।
..................................................................................
एक दिन लोग्ने स्वास्नीको को राम्रो भनेर झगडा परेछ। अब छुट्टयाउनको लागी उनिहरुले आफ्नो छोरालाई सोधेछन:-भन त बाबु हामी दुईजनामा को राम्रो?
छोरा (ज�ङगिदै):- तपाईहरु दुईजना राम्रो भएको भए म यस्तो हुन्थे...?
......................................................................................................
दुईजना केटाहरु ड्रग्सको लतमा धेरै फसेका थिए।उनिहरुलाई ड्रग्स छुटाउने केन्द्रमा लगेर राखनु पर्यो। केही समय पछि तिनिहरु दुबै ठिक भए। त्यसपछि तिनिहरु पनि ड्रग्स छुटाउने काममा नियुत्त भए। दुबैजना आ-आफ्नो कार्य क्षेत्रमा गए। र केहि समय पछि दुबैले धेरै मान्छेहरुलाई ड्रग्सबाट छुटाएको दाबी गरे। त्यसपछि एकले पहिलोलाई सोध्यो:- तिमीले कसरी त्यत्रो मान्छेलाई ड्रग्सबाट छुटायौ? पहिलो:- मैले मान्छेहरुलाई दुईटा गोलो घेरा, एउटा सानो, एउटा ठुलो बनाएर देखाए अनि भने कि यो दुबै हाम्रो दिमाग हो, यो ठुलो घेरा ड्रग्स खानु भन्दा पहिलेको दिमाग हो र यो सानो घेरा भने ड्रग्स लिन थालेपछिको हो, यसरी हाम्रो दिमाग सानो हुन्छ भने त्यसपछि त धेरै मान्छे ड्रग्स छोड्न तयार भए। अर्को मान्छे(दोस्रोलाई):- अनि तिमीले कसरी त्यती धेरै मान्छेलाई ड्रग्स छुटायौ? दोस्रो:- मैले पनि मान्छेहरुलाई दुईटा गोलो घेरा, एउटा सानो, एउटा ठुलो बनाएर देखाए अनि भने कि यो दुबै हाम्रो एस होल हो, यो सानो घेरा ड्रग्स खानु भन्दा पहिलेको एस होल हो र यो ठुलो घेरा भने ड्रग्स लिन थालेपछिको हो, यसरी हाम्रो एस होल ठुलो हुन्छ भने त्यसपछि त धेरै मान्छे ड्रग्स छोड्न तयार भए।
..............................................................................................................................................
 


NEPALI JOKE SMS

0
स्कुल र गर्ल्स कलेजमा के फरक छ? स्कुलको बहिर स्कुल एरिया बिस्तारै हाक्नुस” भनेर लेखिएको हुन्छ तर गर्ल्स स्कुलको अगाडि लेखिएको हुदैन किनकि गर्ल्स कलेजको बहिर पुगेपछि सबै गाडी आफै बिस्तारै जान्छन् ;-))

ग्राहक:-यदि मैले यो चिठ्ठी आज पोष्ट गरे भने पर्सी र पोखरा पुग्छ नि हैन? पोष्ट मास्टर:- जरुर, किन नपुग्नु। ग्राहक:-म बाजी राखछु यो पुग्दैन। पोष्ट मास्टर:- किन पुग्दैन? ग्राहक:- किनकि यसको ठेगाना काठमाण्डौको छ। ;-))

दूइजना कुखुराचोरहरु बाटोमा भेट बिचबाटोमा । पहिलोः तेरो झोलमा कति वटा कुखुरा छन् र दोश्रोः छन् अलि अलि । पहिलोः भन् न भन् । दोश्रोः ल.........तैं गेस् गर । यदी मिलाईस् भने दूइवटै लैजा । पहिलोः त्यसो भए.............पाचबटा हुन पर्छ । ;-))

: (एउटा केटी सँग) डार्लीङ्ग मेरो मुटुमा आएर बसन । केटी : (रिसाउदै) चप्पल फुकालौ ? केटा : मेरो मन मन्दिर होइन, नफुकाली आए हुन्छ । :)

एउटा बच्चाले गुलेलि हानेर अर्काको घरको शिशा फुटालेछ, घरको मालिक बच्चाको घरमा आएर उसको परिवारसँग निउ खोजेछ । बच्चाको परिवारले भनेछन ए हजुर यो त पागल छ । त्यसो भए आफ्नो घरको शिशाचाहिँ किन फुटाउँदैन त ? होईन हजुर त्यत्ति नै पागल त छैन ।

ग्राहक – साउजी यो टोपीको मुल्य कति हो ? साउजी – नब्बे रुपीयाँ । - ग्राहक – एउटा जाबो टोपीलाई पनि नब्बे रुपीयाँ यतीले त जुत्ता नै आउँछ । साउजी – हुन त हो भाई तर जुत्ता टाउकोमा लगाउन मिल्दैन नि । :))))))

उपहार� कन्जुस श्रीमानले श्रीमतीको ३२ औ जन्मदिनको उपलक्ष्यमा मोतीको हार श्रीमतीको अगाडि राखेर श्रीमतीजी तिमिलाई मैले मोतीको हार ल्यादिएको छु यि हेर त । श्रीमती ठुस्स हुँदै : मैले त कार पो भनेको थिएँ, कहाँ हार ल्याएको ? श्रीमान : हो कार भनेकी थियौ तर म के गरुँ बजारमा कहीँ पनि नक्कली कार भेटिएन त्यसैले यो नक्कली हार ल्याइदिएको । :)

सासु : तेरा दुई दुई वटा आँखा के काम चामलबाट ढुंगा पनि केलाउन सक्दीनस् ? बुहारी : तिम्रा बत्तीस् वटा दातका के काम एक दुई वटा ढुंगा चपाउन सक्दीनौं ?

थाहा पाउनु भयो.............. श्रीमती : तपाईले थाहा पाउनु भयो इन्डियामा एकजनाले साईकलसँग आफ्नि स्वास्नि साटेछ । मुन्द्रे : म त मोटरसाईकल भन्दा घटिमा त मरे पनि साट्दिन । :)))))))))))))))))

ओटा झिङ्गा................... मुन्द्रेले भनेछ, साथिहो मैले हिजो ५ ओटा झिङ्गा मारें । ३ ओटा पोथि र २ ओटा भाले । होइन तँलाई कसरि थाहा भयो कति भाले र कति पोथि मरे भनेर ? त्यत्ति पनि थाहा हुदैन कि के हो त मलाई , ३ ओटा ऐनामा बसेका थिए २ ओटा चुरोटको बट्टामा ।

आइमाइको आठ बच्चा......................... एक आइमाइको आठ बच्चा रैछन सबैको नाम राम रैछ यो देखेर एउटड मान्छेलाइ अचम्म लागेछ उसले सोधेछ तपाइलाई आफ्नो बच्चा हरु लाइ बोलाउन गाह्रो हुदैन सबैको नाम एउटै आइमाई: हुदैन म नाम सगै थर पनि जोडेर बोलाउछु नि त .... :))))))))))))))))))))))

फेन्टास्टिक............................. एकजना गाउँको मान्छे होटलमा गएछ त्यहाँ अर्को व्यक्ति फेन्टा पिउँदै रहेछ अनि त्यो मान्छेले पनि कोक पिउँदै फेन्टा पिउने मान्छेलाई सोधेछ, कस्तो छ ?जवाफमा फेन्टास्टिक । अनि कोक पिउनेले भनेछ, ए यो पनि कोकाकोलास्टिक रहेछ । :)))))))))))))))))))))))))

पाईलट बन्न चाहन्छु............................................... बाबुले छोराको रिजल्ट हेरेपछि तँ जस्तो छोरात धर्तिको लागि बोझ होस । छोराले बाबुलाई भनेछ त्यहि भएर त म पाईलट बन्न चाहन्छु नि ड्याड । :))))))))))))))))))))))))))))

एउटा मात्रै नराम्रो बानी...................................... स्कुलमा सर र विद्यार्थी बिचको कुराकानि । सर : राम तिमि चुरोट खान्छौ हो ? राम : होईन सर । सर : तास खेल्छौ ? राम : खेल्दिन सर । सर : मदिरापान गर्छौ ? राम : गर्दिन सर । सर : तिम्रो त सबै बानि राम्रो रहेछ त । राम : मेरो सबे बानि रम्रो छ । तर एउटा चाहि बानि नराम...

चोरलाई गएर भन्दे.......................... छोरा, बुवा आमाले भन्नुभएको छिटो आउनुस् रे। बुवा, (निन्द्रैमा) किन ? छोरा, चोर आयो रे । बुवा, ह्या त्यो चोरलाई गएर भन्दे, बुवालाई आज निन्द्रा लागेको छ रे भोलि आउनुरे । :))))))))))))))))))))))

गएको ?.................. वकिल: तिमि दोस्रोपटक पनि किन त्यहि पसलमा चोर्न गएको ? चोर: किन कि जब म पहिलो पटक चोर्न गएथेँ र मैले देखेको थिए काठमा लेखेको थियो। धन्यवाद फेरि आउनु होला। :)))))))))))))))))))))

तिम्रो स्वास्नी मेरो पनि......................................... एकदिन कुइरे र नेपालीले मित लगाएछन। नेपाली:- अब देखी मेरो बैनी तिम्रो बैनी, मेरो आमा तिम्रो आमा, मेरो बाबु तिम्रो बाबु, मेरो भाई तिम्रो भाई, मेरो छोराछोरी तिम्रो छोराछोरी है। कुइरे:- त्यसो भने तिम्रो स्वास्नी मेरो पनि स्वास्नी । :)

इतिहास विषय पढाउने शिक्षकले एकविद्यार्थीलाई प्रश्न सोधे । शिक्षस � भन त माने नाला पानीकोलडाँईमा बलभद्र कुँवर कसरी लडेकाथिए ? ���विद्यार्थी � नाला पानीको युद्धमा नाला फुटेरपानी बाहिर निस्किएको हुँदा चिप्लिएरलडेका थिए सर ।

मुन्द्रे र मुन्द्रेको बाउ जाँच...................... मुन्द्रे र मुन्द्रेको बाउ जाँच दिएर निस्केछन र झगडा गरिरखेको रैछन। त्यो देखेर मामाले सोधेछनमामा:किन झगडा गरेको? मुन्द्रे: बाउले कापिमा केहि नलेखि त्यतिकै बुझाएर आएछन॥ मामा :अनि तिमिलाई के को टेन्सन त? मुन्द्रे: अनि मैले पनि केही नलेखिकन बुझाएर आको छु अब सरले मैले बाउको सारे छ भन्दैनन्॥

प्रेमीलाई प्रेमीकाले फोन......................................................................... एउटा प्रेमीलाई प्रेमीकाले फोन गरेर भनि:- मेरो घरमा कोही पनि छैन तिमि आऊ।प्रेमी खुसी हुदैँ प्रेमीकाको घर पुग्यो।तर साचिक्कै घरमा कोही पनि थिएन।

झोल त यति मिठो, झन.. कहिल्लै चिया नखाएको गाउँको दुइटा मान्छे शहर गएछ। र चिया पसलमा बसेछन्। पहिलो:- ओई! यी सबै मान्छेले के खाएको हो हामी पनि खाऔ न। दोस्रो:- हुन्छ नि (अडर गर्दै) दाई हामीलाई पनि त्यो १�१ गिलास दिनुस् त्(पसलेले चिया दिन्छ) पहिलो:- ओई यसको झोल त यति मिठो छ भने , झन चोक्टा त कति मिठो होला हगि। दोस्रो:- हो त नी। :)

के भनुँ.......................:) तिमिलाई म के भनुँ ? फुल भनुँ भने त्यसमा काँडा छ। चन्द्रमा भनुँ भने त्यसमा दाग छ। बाँदर भनुँ भने त्यसमा दिमाग छ। :))))))))))))))

लोग्नेले आफ्नो स्वास्नीलाई जहिले पनि आफ्नो अन्डरमा राखन खोज्दथ्यो।जे कुरा अराउदा पनि नत्र भनेर थर्काउने गर्दो रहेछ। एकदिन लोग्ने नुहाउन लागेको रहेछ, लोग्नेले भन्यो:- पानी तता नत्रस्वास्नी पनि आकुल ब्याकुल भएर जोरी खोज्दै:- नत्र के गर्छौ, हँ नत्र के गर्छौ?लोग्ने:- नत्र चिसै पानीले नुहाउछु।



NEPALI JOKE SMS

0
 :: रमाइलो जोक्सहरु पढेर एक छिन रमाइलो गरौ ::

एकदिन राजा र रानीले मोवाइलको सट्टामा परेवाको माध्यमद्धारा एकअर्कालाई मेसेज पठाउने निर्णय गरे। अर्कोदिन राजाकोमा परेवा त पुग्यो तर मेसेज केहि थिएन। राजालाई एकदम रिस उठ्यो अनि रानीलाई झपार्दै खै मेसेज भने। रानीले भनिन् मुर्ख त्यो त मिस कल मात्र हो।

एउटा आर्मीको पार्टिमा पार्टी सकिए पछि एउटा सैनिक बियर आफ्नो सर्टमा लुकाउदै थियो । यो एउटा मेनेजरले देखेछ र रिसाउदै भनेछ : यो तिमी के गर्दै छौ ? बियर सर्ट भित्र किन लुकाएको ?
सैनिक : सर तपाईं आँफैले नै भन्नु भएको होइन , जसलाई तिमी मार्न सक्दैनौ त्यसलाई बन्दी बनाउनु भनेर ...


 



युद्दको समयमा एक सिमावर्ती गाउँमा दुश्मनको एउटा फौज घुस्यो । गाउँको सबै तरुनी केटीहरु उनिहरु सँग बच्न गाउँको बाहिर एउटा सुरक्षित ठाउमा भाग्न थालेछन , एउटा बुढी महिला पनि उनिहरु सँगै भाग्न थाले ।
एउटा केटीले सोधेछन : आमा तपाईं किन भाग्नु भएको ? खतरा त हामी तरुनी केटीहरुलाई पो छ त ..
बुढीले भनेछन : तिमीले देखिनौ त्यो फौजमा एउटा बुढा पनि छ ।


 



शिक्षक : राम भन त काल कती प्रकारको हुन्छ ?
राम : ३ प्रकारको सर
शिक्षक : स्याबास , अब तिनै वटाको एउटा एउटा उदाहरण देउ त
राम : सर , मैले हिजो तपाईंको छोरीलाई देखेको थिए , आज म उनिलाई माया गर्छु र भोली म उसलाई भगाएर लानेछु ।


 



शिक्षक : राम तिमीलाई किन गणित बिषय राम्रो लाग्दैन ?
राम : किन भने त्यसमा खाली समस्यै समस्या हुन्छ ।

 



दुई जना पागल कुरा गर्दै थिए
पहिलो : यार म यो संसारको सबै हिरा मोती किन्ने बारे सोची रहेको छु ।
दोश्रो : होइन म तिमीलाई त्यो बेच्दै बेच्दिन कसरी किन्छौ ?


 



एउटा केटीले आफ्नो दिदी सँग सोधेछन
बहिनी : दिदी यो दुल्हा भनेको के हो ?
दिदी : दुल्हा सँग बिहा गरिन्छ , यदि तिमी ठुलि भएर राम्रो चरित्रकी भयौ भने तिमीलाई पनि एउटा राम्रो दुलहा जुर्नेछ ।
बहिनी : यदि म राम्रो चरित्रकी भईन भने नि ?
दिदी : तिमीलाई हरेक दिन नयाँ नयाँ दुल्हा मिल्नेछ ।

 



प्रेमिका : के तिमी मलाई साचै प्रेम गर्छौ ?
प्रेमी : हो , साचै म तिमीलाई प्रेम गर्छु , मैले आफ्नो लिस्ट हिजो फेरी चेक गरेको थिए ।

 



पुलिसको एउटा अफिसरले एकदम रिसाएर सिपाहीलाई भनेछ ।
अफिसर : मैले यो सुने कि हिजो तिमीले एकदम मात्तिने गरी रक्सी पिएर सडकमा ठेला गुडाउदै खुब हल्ला मच्चायौ रे , यस्तो चर्तिकलाले हाम्रो पुलिसको के नाम रहन्छ ? तिमीले सोचेको छौ ?
पुलिस : यो त तपाईंलाई म भन्दा धेरै थाहा होला नि , ठेलामा त तपाईं सवार हुनु हुन्थो त ।

 



माधब नेपाल रक्सीले मातिदै सडकमा हिड्दै थियो , उनी एउटा खुट्टा दाँया र अर्को खुट्टा बाँया गर्दै लड्खडिदै हिड्दै थियो ।
त्यतिकैमा एउटा हवल्दारले देखेछ र नेपाललाई एक डण्डा हिर्काउदै भनेछ : ओई , खुट्टा समेट ठेगानमा छैन , कत्ती पिएको छस ।
नेपाल : धन्यबाद , मलाई सम्झाईदिनु भयो कि मैले पिएको छु भनेर , नत्र मैले त यो सम्झिदै थिए कि लँगडा भए भनेर ।

 



शिक्षक : तिमीहरुको परिक्षा नजिक आईसक्यो , अब कसैको मनमा कुनै प्रश्न छ भने सोधे हुन्छ ।
माधव नेपालको छोरा : उठ्यो र भन्यो , सर तपाईंहरु प्रश्न पत्र कहाँ छाप्दै हुनु हुन्छ ?



आखिर जीवन के हो त ?

जीवनलाई तपाईंले के भनेर परिभाषित गर्नु हुन्छ ? दार्शनिक, कवि, विद्वान तथा अन्य ब्यक्तिहरुले जीवनलाई धेरै प्रकारले परिभाषित गरेका छन । जीवनको परिभाषा हामी जसरी पनि दिन सक्छौ । जसरी परिभाषा दिए पनि जीवनमा त्यसरी नै केही न केही त गर्नै पर्ने हुन्छ । यस बारेमा निम्न प्रसँगले हामीलाई केही न केही सोच्न र गर्न प्रेरित गर्दछ
जीवन चुनौती हो :
Life is a Challenge :
सामना गर
Face it
जीवन यात्रा हो :
Life is a Journey:
पूर्ण गर
Complete it
जीवन बियोगान्त हो :
Life is a Tragedy :
धैर्य गर
Patience it
जीवन कर्तब्य हो :
Life is a Duty :
पालन गर
Perform it
जीवन संघर्ष हो :
Life is a Struggle :
स्विकार गर
Accept it
जीवन प्रतिज्ञा हो :
Life is a Promise
पालन गर
Fulfill it
जीवन रहस्य हो :
Life is a Mystery :
उदघाटन गर
Inaugurate it
जीवन संगित हो :
Life is a Music :
प्रशंसा गर
Admire it
जीवन वरदान हो :
Life is a Blessing :
आस्वादन गर
Taste it
जीवन प्रेम हो :
Life is a Love :
उपभोग गर
Enjoy it
जीवन सौन्दर्य हो :
Life is a Beauty :
बयान गर
Describe it
जीवन सपना हो :
Life is a Dream :
साकार गर
Bring it
जीवन नरक हो :
Life is a Hell :
निन्दा गर
Dawn it
जीवन विषाद हो :
Life is a Sorrow :
विजय गर
Overcome it

Butwalcity (namrata)

0











cyber sansar ( nandita_thapa)

0











cyber sansar ( Nandika kc)

0
















cyber sansar ( muskan)

0